२५ बैशाख २०८२, बिहीबार

‘रुपान्तरणको नयाँ युगमा प्रवेश गरेकाे एकीकृत समाजवादी चुनाैतिकाे सामाना गर्दै अघि बढ्छ’

jhalnath

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का सम्माननीय नेता झलनाथ खनालले जनताका लागि निरन्तर लडिरहने प्रतिनिधि निर्वाचित गर्नुपर्ने बताउनुभएको छ ।

नेता खनालले काठमाडौंमा आयोजित पेसागत महासंघ नेपालको कार्यक्रममा बोल्दै आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा केपी ओली जस्तो प्रतिनिधि नभइ जनताका लागि निरन्तर लडिरहने प्रतिनिधि निर्वाचित गर्नुपर्ने बताउनुभएको हो ।

नेता खनालले समाजवादी पार्टी रुपान्तरणको नयाँ युगमा प्रवेश गरेकाे हुनाले धेरै कार्यहरु सम्पन्न गर्न बाँकी रहेको र ती कार्यहरुलाई व्यवस्थित रुपले कार्यवाहकको रुपमा अघि सारेर लानुपर्ने बताउनुभयो ।

दलहरुका विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिसकेकाले नयाँ ढंगले जानुपर्ने उहाँको भनाइ थियो । सम्मानित नेता खनालले लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतिको सामना गरेर आफूहरू अगाडि बढिरहेको बताउनुभयो ।

नेता खनालले आगामि स्थानीय निर्वाचनलाई केन्द्रविन्दु बनाएर त्यसको तयारीका लागि सम्पूर्ण शक्ति एकीकृत गरेर अगाडि बढ्न समेत नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो ।