११ बैशाख २०८१, मंगलवार

अप्ठ्याराहरूबाट पछि हट्दैन कांग्रेस, गठबन्धन गरेरै अघि बढ्छ : प्रधानमन्त्री देउवा

deuba 4
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताउनुभयो । उहाँले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकाले आफू अफ्ठयारासँग नभाग्ने बताउनुभयो । उहाँले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताउनुभयो ।