
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दुई भ्रातृ सङ्घहरू नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ ।
सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णय र नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम रिक्त भएको नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङ्ग नियुक्त गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्न कार्यादेशसमेत दिइएको विज्ञप्तिमा उल्लेख छ ।
