१८ बैशाख २०८१, मंगलवार

म्यानचेष्टरसँग लिड्स युनाइटेड पराजित

Cristiano Ronaldo ManUtd

इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको हो । म्यान्युका लागि ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले एक एक गोल गरे ।

लिड्सका लागि भने रोड्रिगो मोरेनो र राफिन्हाले एक एक गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेडले २६ खेलमा ४६ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ ।

लिड्स २४ अंक जोडेर १५ औं स्थानमा छ । यता प्रिमियर लीगअन्तर्गत नै गएरातिको अर्को खेलमा उल्भ्सले लेस्टर सिटीलाई २–१ ले हराएको छ ।