१८ बैशाख २०८१, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि बस्ने संसद् बैठक पनि अवरोध गर्ने

Uml New office 1024x538 1

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ ।

बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद् शेरबहादुर तामाङले भने ।

एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको उनले बताए ।

‘हाम्रो अवरोधकैबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ,’ सांसद तामाङले भने ।

आफूले पदमुक्त गरेका १४ जना सांसद्को कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्न्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।