 
								मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता छिटो पारित गर्न अमेरिकाको दबाब बढेसंगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारेमा फोन गरेका छन । उनले एमसीसी सम्झौता बारे निर्णय गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका हुन ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फोन गरेर एमसीसीबारे छिट्टै निर्णय गर्न आग्रह गरेका थिए । त्यसलगत्तै प्रचण्डर ओलीबीच फोन संवाद भएको हो । त्यस क्रममा अध्यक्ष ओलीले एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले, नेकपा (एमाले) को धारणा स्पष्ट रहेको बताएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले भनेका छन्, ‘हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नूस् त्यसपछि नेकपा (एमाले) ले त निर्णय गरिहाल्छ ।’
 
											 
											 
											 
									 
									 
									