१८ बैशाख २०८१, मंगलवार

अल्टिमेटम: माघ २१ भित्र २४ लाख डोज खोपको तथ्यांक बुझाउन

health

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको विवरण आगामी माघ २१ भित्र बुझाइसक्न निर्देशन दिएको छ ।

२४ लाख डोज खोपको तथ्यांक नरहेको भन्दै सरकारको आलोचना भइरहेका बेला मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै खोपको विवरण बुझाउन चार दिने अल्टिमेटम दिएको हो ।

मन्त्रालयले आगामी माघ २१ गते शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयले कोरोनानविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण बुझाउन पनि निर्देशन दिएको छ । विवरण पठाउँदा डीएचएस–२ प्रणाली अनुसार पठाउन भनिएकोे छ ।