१८ बैशाख २०८१, मंगलवार

(फोटो फिचर) कर्णालीमा भारी हिमपात,हवाई सेवा अवरुद्ध,जनजीवन प्रभावित

IMG 4297

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला सँगै मुगु,हुम्ला,डोल्पा र कालिकोटमा सोमबार रातीदेखि हिमपात भइरहेको छ ।

मंगलबार बिहानसम्म जारी हिमपातले हिमाली भेगमा २/३ फिट र बेसी क्षेत्रमा करिब १ फिट बढी हिउँ परिसकेको छ । जारी रहेको भारी हिमपातले कर्णालीमा हवाई सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । छोटो दुरीका यातायात फाटफुट रुपमा सञ्चालन भएका छन् । हिमपात सँगै बढेको अत्यधिक चिसोले कर्णालीको जनजीवन प्रभावित भएको छ ।जेष्ठनागरिक,दीर्घ रोगी,बालबालिका र सडक मानवहरू चिसोबाट बढी प्रभावित भएका छन् ।

हिमपातले हिउँदे बालीनालीलाई राहत पुराएको कृषि विज्ञहरूले बताएका छन् । हिमपातकै बीच प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँको अगुवाइमा जुम्ला बजारका चोक चोकमा आगो बाल्ने अभियान सुरु गरिएको सशस्त्र एसपी गगन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खलगा बजारको बसपार्क,कृष्ण मन्दिर,प्रशासन,एयरपोर्ट, लगायतका ठाउँमा दाउरा बाँडिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले हिमपात जारी रहेको अझै हिउँ पर्ने सम्भावना रहेकोले अत्यावश्यक काम बाहेक गाडीको यात्रा नगर्न सूचित गरिएको बताउनु भयो ।

उहाँका अनुसार हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तथा राहत उद्दारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको छ । हिउदेबाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस माघको महिनामा हिमपात हुनु अति आवश्यक छ । जलवायु परिवर्तनले पछिल्लो समय विगतको जस्तो समयमै बाक्लो हिउँ पर्न छोडेको छ । यद्यपि,हाल भएको हिमपातले कृषि क्षेत्रलाई राहत पुराउने कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीको भनाई छ ।

हिमपात सँगै बढेको चिसोले हिँडडुल गर्न घरमा पशुचौपायलाई दानापानी दिन समेत मुस्किल भएको चन्दननाथ नगरपालिका ३ निवासी देवी सिम्खडाले बताउनुभयो ।

himpat 1 1024x471 1
IMG 4291
IMG 4296
IMG 4297