१८ बैशाख २०८१, मंगलवार

जनादेशमा जानु प्रतिगमन होइन, एमाले नयाँ जनादेशको पक्षमा छ : महासचिव पोखरेल

shankarpokharel1640518988

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका वामपन्थी दलहरु सही दिशामा हिड्न छोडेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेता नेताबीचको अन्तरकलहले संगो देश र जनता दिग्भ्रमित बनेको दाबी गर्नुभयो । त्यसैले वामपन्थी दल र तिनका नेताहरुले देश र जनताको भावनालाई आत्मसात गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सामूहिक बलमा परिवर्तन ल्याएको कुरालाई नेपाली दलहरुले मनन गर्न खाँचो रहेको उहाँको भनाइ थियो । महासचिव पोखरेलले एमाले र माओवादी मिलेर चुनाव लड्दा देश नै तरंगित भएको स्मरण गर्नुभयो । उहाँले भन्न्ुभयो–जनता खुशी भएर नेकपालाई ऐतिहासिक जनादेश प्राप्त भयो । त्यसपछि बनेको सरकारले समृद्ध नेपालको निर्माणको जग हाल्यो । आर्थिक र सामाजिक रुपान्तरणको द्योतक बन्यो ।

तर नेकपाका नेताहरुमा देखिएको वैचारिक विभाजनले अन्ततः दल नै विभाजित हुन पुगेको महासचिव पोखरेलले बताउनुभयो । देश र जनताको माग सम्बोधन गर्न गठन गरिएको नेकपाको एकता जोगाउन नसक्नु एकअर्कालाई दोष दिएर उम्किन नसकिने भन्दै उहाँले यसको समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनतामा जाने कुरा प्रतिगमन नभई जनताको सम्प्रभुता भएको जिकिर गर्नुभयो । अहिले राजनीतिक अल्मतलको अन्त्य निर्वाचनले मात्र गर्ने भएकोले नयाँ जनादेशका लागि निर्वाचनमा जानुपर्नेमा नेकपा एमाले प्रतिवद्द रहेको उहाँले प्रष्ट पार्नुभयो ।