१८ बैशाख २०८१, मंगलवार

विधिको शासन सुनिश्चित गर्न सकेमात्र समृद्धि हासिल हुन्छ : प्रधानमन्त्री देउवा

ROS KTM PDEUBA 1024x682 1

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन सुनिश्चित गर्न सके मात्र देशले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ ।

महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देशको विकासका लागि लोकतन्त्र, कानूनी शासन र मानवअधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले शासन व्यवस्थालाई प्रभावकारी र पूर्वाग्रह रहित बनाउन राज्यका निकायहरूले कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले स्थापना काल देखी नै महान्यायाधिवक्ताको कार्यालयले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा पनि गर्नुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा अहिले देखिएको विवाद समाधानका लागि आवश्यक पहल गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।

महान्यायाधिवक्ता खातीले सर्वदलीय बैठक मार्फत राजनैतिक दलहरूबीच साझा धारणा बनाएर न्यायालयलाई निकास दिन आग्रह गर्नुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न न्यायालय स्वतन्त्र र विवादरहित हुनुपर्ने बताउनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले ७१ औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने १० कर्मचारी तथा सरकारी वकिलहरूलाई पुरस्कृत गर्नुका साथै पूर्व महान्यायाधिवक्ता एवं नायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरेको थियो ।