२१ बैशाख २०८२, आईतवार

आफु सभापतिको दौडबाट पछि हट्दिनः प्रकाशमान सिंह

prakashman singh scaled
फाइल फोटो

नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।

बिहीबार काठमाण्डौको बानेश्वरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने स्पष्ट पारेका हुन् ।

उनले पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको बताए ।

नेपाली काङग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको उनको भनाई छ ।

कार्यक्रममा नेता सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको बताए ।