१८ बैशाख २०८१, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षको मनोनयन दर्ता शुल्क एक लाख, उपाध्यक्षको ७५ हजार

rpp sammelan 59

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क एक लाख रुपियाँ तोकिएको छ । राप्रपा विधान मस्यौदा तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतकाअनुसार उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपियाँ मनोनयन दर्ता शुल्क निर्धारण गरिएको छ ।

यसैगरी, राप्रपा महाधिवेशनको अध्यक्ष पदका उम्मेदवारको मतदान प्रक्रिया मतपत्रमार्फत हुने भएपनि पदाधिकारी र सदस्यहरुको भने विधुतीय मेसिनबाट हुने बस्नेतले बताउनुभयो ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि जारी राप्रपा महाधिवेशनमा अहिले मतदाता नामावली छनोट एवम् अध्यावधिक गर्ने काम भइरहेको समितिले जनाएको छ । ‘पार्टी सचिवालयले अन्तिम मतदाता नामावली समितिलाई दिएपछि हामी प्रकाशन गर्छौ’, बस्नेतले बताउनुभयो ।