
नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत सहमति हुन नसकेका पदमा चुनाव गराउन निर्वाचन कार्यतालिका प्रकाशित भएको छ ।
सहमति हुन नसकेका पदमा चुनाव गराउन एमाले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि नाम पेश गर्न केपी ओलीलाई सार्वधिकार दिए पनि सहमति हुन नसकेको पदमा चुनावमार्फत नेतृत्व चयन गरिने भएको हो।
प्रकाशित कार्यातालिका अनुसार राति ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय दिइएको छ।
राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।
मतदानका लागि सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।