१५ चैत्र २०८०, बिहीबार

नेकपा एमाले अध्यक्षका लागि रावलको उम्मेदवारी

bhim rawal 7

नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आउनुभएका रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

रावल यसअघि पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो।

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाइँ, समर्थकमा दुधकला विष्ट रहेका रहनु भएकाे छ ।