१८ बैशाख २०८१, मंगलवार

मानवबस्ती भएको ठाउँ नै चिरा, चिरा: विकासले निम्त्याएकाे विनास, जुन गाउँमा डोजर त्यहीँ गाउँमा पहिरो

bajhang p1635595535

सुदूरपश्चिमा यतीबेला मानवबस्ती भएको ठाउँ नै चिरा,चिरा परि स्वर्ग जस्तो सुदूरपश्चिमको स्वरुप बदेलेर कुरुपमा परिणत भएको छ । गत असोज ३१ देखि कात्तिक ४ सम्मको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले बझाङमा अत्यधिक क्षति पुगेको हो ।

जनप्रतीधीले चुनाब जितेपछी गाउँमा डोजर पुर्याउन होडबाजी नै गरे यसको असर बेमौसमी वर्षाले देखायो । यतिबेला सुदूरपश्चिमको भुमी चिरा मात्र परेको छैन् ।मानवबस्ती नै थरापमा परेको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङको तथ्यांकअनुसार जिल्लाभर १२ जनाको मृत्यु र १९ जना अझै बेपत्ता छन् । ८ सय ८६ परिवार विस्थापित, १ सय ५८ घरमा पूर्ण क्षति, ३ सय ६४ चौपाया मरेका, २ सय ४० घर जोखिममा छन्  । ६ पुल, १० सरकारी कार्यालय र ७ सडक पनि क्षतिग्रस्त बनेको कार्यालयले जानकारी दिएको छ  । जिल्लाका १२ वटै स्थानीय तह र प्रहरीको टोली विपद्ले निम्त्याएको क्षतिको तथ्यांक लिन गाउँगाउँमा परिचालन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयाे ।

१२ ओटा स्थानिय तह मध्ये साईपाल गाउँपालिकामा मात्र डोजर पुगेको छैन पहिरो पनि गएको छैन् । अन्य ११ वटा स्थानिय तहको सबै वडामा डोजर पनि पुगेको छ । पहिरो पनि नगएको ठाउँ नै छैन् । जयपृथ्वी नगरपालिका वडा न १ का बिर्जन सिंह लाई बर्षले ८७ कट्नु भयाे उहाँले सम्झनामा यस्तो बाढी पहिरो देख्न त के सुनेको पनि थियन भन्दै अहिले त बाजे बराजुको पाला देखी बसोवास गर्दे आएको घर समेत भत्किदा अच्चम परेको बताउनु भयाे ।

खप्तड छान्ना गाउँपालिकाको तमैल देखि खोला नदिको किनारा हुदै बाजुराको थामलेख सम्म सडक सञ्जाल जोडिएको छ । स्थानिय तहको बजेट प्रदेश सरकारको बजेट संघिय सरकारको बजेटले सो सडक खन्डमा खर्च भएको छ । अहिले पहिरो पनि त्यही सडकको मात्रै २ सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

एक÷डेढ हजार परिवारको धानखेत बगाएको छ,’ गाउँपालिका अध्यक्ष बर्क रोकायाले भने, ‘सडक, पुल, स्वास्थ्यचौकी, विद्यालय, विद्युत्, खानेपानी, सिँचाइ क्षेत्र पनि तहसनहस भएको छ । हिँड्ने बाटोसमेत बचेको छैन ।’ पीडितहरू गोठ र त्रिपालमुनि बस्न बाध्य भएका छन् । जता सडक गयो त्यतै जमिन छियाछिया भई पहिरो गएको खप्तड छान्नाँका स्थानिय पुष्पलाल रोकायाले बताए । गाउँपलिकाको देखिन्छ ।

एकै घरका २३ जनाको एकै चिहान

थलारा गाउँपालिकाका पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ताकाे एकै चिहान भएको छ  । गाउँबाट करिब १ किलोमिटर माथि रहेको बझाङ–चैनपुर–दिपायल सडक खण्डको ढोगदिना भन्ने ठाउँबाट पहिरो खसेको थियो ।

‘सडक खन्दा निस्किएको ढुंगा, माटो र गाउँका मान्छेले ढुंगा निकाल्दा निस्किएको माटो त्यहीं थुपारिएको थियो । त्यही ढिस्कोबाट पहिरो खस्दा यस्तो अबस्था आएको स्थानियले बताएका छन् । गाउँकै सिरानमा डोजर चलाएका कारण पहिरो गएको स्थानीय लोकेन्द्र बिष्टले बताउनु भयाे । पहिरो गएपछि करिब १ सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ । सरस्वती आधारभूत विद्यालयका सबै भवन पहिरोको कम्पनले भत्किएका छन् । विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका १ सय ४८ परिवार अझै त्रासमा छन् । जुन ठाउँठा सडक खनिएको छ । त्यही ठाउँमा धाँजा परेका छन् ।

जयपृथ्बी नगरपालिकाको कैलाश , बाझगाउँ , पडेस , गोलाई , बस्टी , ढील , सुबेडा नौरा , डुङरी , चैनपुरको बषपार्क क्षेत्र एकदमै जोखिममा रहेको जयपृथ्वी नगरपालिकाका प्रमुख बिरेन्द्र खढ्काले बताउनु भयाे । कोही घरबार बिहिन समेत भएका जानकारी दिए । छविस पाथिभेरा गाउँपालिकाको मटेला , जालेबगर मालुमेला लगाएतका क्षेत्रमा निकै क्षती गरेको गाउँपालिकका अध्यक्ष अंकल धामीले बताउनु भयाे ।

केदारस्यु गाउँपालिकको पनि रायल , झोता,बागथला, देउरामा कसैका घरबार बिहिन गरेको छ भने अधिकाुसं जोखिममा परेका गाउँपालीकाका अध्यक्ष ईन्द्र भन्डारीले बताउनु भयाे । सुर्मा गाउँपालिकामा पनि २० घर पुर्ण क्षती भएका छन् भने अन्य ठाउँठाउँमा पहिरो गई बस्ती नै जोखिमा परेको स्थानिय दिपक बोहराले बताउनुृ भयाे । मँटा गाउँपालिकाको पनि कोटदेवल, भातेखोला, लगाएतका बस्ती नै जोखिममा रहेको स्थानियले जानकारी दिनु भयाे । बुङ्गल नगरपालिका दुर्गाथली गाउँपालिका तल्कोट गाउँपालिकामा पनि जुन ठाउँमा सडक पुगेको त्यही ठाउँमा सबैभन्दा बढी पहिरो गएको स्थानियले बताएका छन् ।

बाढीपहिरोका कारण बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग दर्जनौं ठाउँमा भासिएको छ, कहीं सडकको नामोनिसान छैन । तमैल–जाल्याबगर खण्ड सेती नदीले बगाएको छ । यो राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्न महिनौं लाग्न सक्ने प्राविधिकहरू बताउँछन् । नदीले धार परिर्वतन गरेर सडक बगाएकोले जलस्तर घटेपछि मात्रै मर्मतको काम अघि बढ्ने पूर्वाधार विकास कार्यालय बझाङका प्रमुख धीरेन्द्र भट्टले बताए । कार्यालय प्रमुख भट्टक अनुसार ९ करोड बराबरको सडक हरुमा क्षती भएको जानकारी दिनु भयाे ।

दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको विद्युत्गृह, बाँध, प्रसारण लाइनलगायत संरचनामा क्षति पुगेकाले जिल्लाका सबैजसो गाउँ अन्धकारमा छन् । सबै स्थानिय तह गरेर १३ करोड ७० लाख बराबरका क्ष्ती गरी दर्जनौं विद्यालय बगाएको सामाजिक विकास कार्यालयका प्रमुख बिर बहादुर धामीले बताउनु भयाे । प्रारम्भिक तथ्यांकअनुसार ६ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको र २७ लाख बराबर धान बाली नष्ट गरेको कृषि ज्ञान केन्द्रका प्रमुखले बताउनु भयाे  ।

विपद्ग्रस्त घोषणा गर्न जिल्लावासीको माग

सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले बझाङलाई विपद्ग्रस्त घोषणा गर्न र राहत तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।

‘यहाँ अकल्पनीय मानवीय र भौतिक क्षति भएकोले मौजुदा बजेट रजनशक्तिको भरमा पुनर्निर्माण र पुनःस्थापना असम्भव छ,’ प्रजिअ अधिकारीले भन्नु भयाे ‘जिल्लालाई विपद्ग्रस्त घोषणा गरी छुट्टै योजना ल्याउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’ प्रारम्भिक अध्ययनअनुसार १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उनको आकलन छ । पीडितलाई तत्कालका लागि राहत उपलब्ध गराउन थालिएको उहाँले बताउनु भयाे । संघिय संसद समीती समक्ष प्रतुत विपद पुस्थापना एवम पुर्वाधार निमाण सम्बधी विबरण लिन बझाङ पुगेका कल्याण कुमारी खड्काको टोली समेत जानकारी दिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयाे ।

प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको हो । लगातारको वर्षापछि सडक सञ्जाल अवरुद्ध हुँदा पहाडी जिल्लामा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ भने जटिल प्रकृतिका बिरामीलाई अस्पतालसम्म पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

राहत कुरेर बसेका जनता लाई छिटो भन्दा छिटो सरकारले क्षतीको विबरण लिएर जनता लाई सरकार लाई न्याय दिन पनि सबै जनताले आग्रह गरेका छन् ।