१८ बैशाख २०८१, मंगलवार

लकडाउन अवज्ञा गरेर मोटरसाइकल चलाउने ४८ प्रहरी नियन्त्रणमा

Mahottari Bike niyantranma

सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिड्ने ४८ पक्राउ परेका छन् । प्रदेश २ मा लकडाउनको अवज्ञा गरी सञ्चालनमा आएका ४८ वटा मोटरसाइक तथा स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशभर लकडाउनको घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले लक डाउन अवज्ञा गरी सञ्चालन भएका मोटरसाइकल र स्कुटी नियन्त्रणमा लिएको हो । महोत्तरी प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार ३२ वटा जिल्ला प्रहरीले र १६ वटा मातहतका यूनिटले नियन्त्रणमा लिएको हो ।

उनकाअनुसार नेपाली र भारतीय नम्बरका मोटरसाइकल समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा राखिएको छ ।

लक डाउन गर्ने सरकारी निर्णयलाई कार्यान्वयन गर्दै कोरोनाबाट संक्रमित हुन र अरु कसैलाई संक्रमित हुन नदिन प्रहरीले सबैसँग आग्रह गरेको छ ।