१८ बैशाख २०८१, मंगलवार

उपचारको क्रममा बालिकाको निधन भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव

surkhet

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बालिकाको निधन भएपछि तनाव भएको छ ।

चिकित्सकको लापर्वाहीले दैलेखको नारायण नगरपालिका ४ की अढाइ वर्षिया बालिका कुसुम कटुवालको निधन भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् ।

घटनाको उचित छानविन हुनुपर्ने उनीहरुको माग छ। चार दिन अघि नाकमा मकैको दाना अड्केपछि कुसुमलाई दैलेख अस्पतालमा उपचार पछि कर्णाली रिफर गरिएको थियो ।

शुक्रबार बिहानै प्रदेश अस्पतालका एक चिकित्सकले बालिकाको स्वास्थ्यावस्था चेकजाँच गरेका थिए । उनले श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए।

प्रदेश अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले श्वासप्रश्वासका कारण बालिकाको निधन भएको बताउनुभयो । गएराति कुसुमको निधन भएपछि आज विहान अस्पताल प्रशासन र मृतक बालिकाका अभिभावकबीच छलफल भए पनि सहमति हुन सकेन ।