७ बैशाख २०८१, शुक्रबार

नागरिकता सम्बन्धी समस्या केही सातामै समाधान हुन्छ : प्रचण्ड

prachand 1
फाइल फोटो

पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले नागरिकता सम्बन्धी समस्या अब छिटै समाधान हुने बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि रोकिरहेको नागरिकता समस्या अहिलेकाे सरकारले केही सातामै समाधान गर्ने बताउनुभएकाे हाे ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिकाको प्रशासनिक भवन तथा गाँउपालिका भवन उद्घाटन गर्न आउनु भएका उहाँले पूर्णता पाएको सरकारले नागरिकता समस्या समाधान गर्ने बताउनुभयाे ।

सत्ता गठबन्धन बीच कुनै मतभेद नरहेकाले नागरिकता समस्या समाधान गर्न कसैले पनि राेक्न नसक्ने उहाँकाे भनाइ थियाे।

“नागरिकताको समस्या केही साता मै समाधान हुन्छ, त्यस्तै भूमिहीनहरूकाे समस्या पनि छिट्टै समाधान हुन्छ” प्रचण्डले भन्नुभयाे । चुनावभन्दा अगाडि भूमिसम्बन्धी समस्या समाधान गरिने उहाँले बताउनुभयाे ।