
उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने मिसाइलको परीक्षण गरेको छ ।
उत्तर कोरियाको सरकारी मिडियाले शनिबार र आइतबार दुईवटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेका छन् ।
यी मिसाइलले १५०० किलोमिटर टाढाको दूरी तय गर्न सक्ने बताइएको छ ।
उत्तर कोरियाले पछिल्लो पटक गएको जनवरीमा क्रुज मिसाइलकोको परीक्षण गरेको थियो जतिबेला जो बाइडनले अमेरिकाको राष्ट्रपति पदको शपथ लिएका थिए ।
ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ ।