२५ बैशाख २०८१, मंगलवार

दोस्रो बैठक पनि एमालेको नाराबाजीका कारण संसद अवरुद्ध

Capture1631097340

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका कारण प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीका बिच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाउनुभयो ।

जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादव रहनुभएको छ ।

सभामुख सापकोटाले आफु संविधान, नियम, कानून र ऐन अनुसार अगाडी बढ्न प्रतिबद्ध रहेको र आफुले संविधान, नियम, कानूनको बर्खिलाप केही नगरेको भन्दै पटक पटक बैठक सञ्चालन दिन अनुरोध गरेपनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन् ।