१८ बैशाख २०८१, मंगलवार

भाेलि देखि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय सम्मेलन काठमाडाैंमा हुँदै

who geneva headquarters

भाेलि (सोमवार)देखि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको सम्मेलन हुदैछ । पछिल्लो समय सन् २००९ मा समितिको सम्मेलन भएको थियो भने ११ वर्षपछि नेपालमा यसको ७४ औँ सम्मेलन हुन लागेको हो ।

नेपाल सम्मेलनको आयोजक राष्ट्र हो भने यसमा रहेका ११ वटा सदस्य राष्टका स्वास्थ्यमन्त्रीहरु, विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रिय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघका एजेन्सीहरु, विकास साझेदारहरु, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुको सममेलनमा सहभागिता हुने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले सम्मेलनमा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरु, नीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुका साथै कोभिड १९ को नियन्त्रण तथा रोकथामको सम्बन्धमा छलफल गरिने बताउनुभयो । साथै अहिले चलिरहेकाे स्वास्थ्य सम्बन्धी कार्यक्रम र रणनीतिमा केही फेरबदल हुनसक्ने बताउनुभयो ।

नेपाल आयोजक राष्ट्र भएकाले नेपाल केन्द्रित कार्यक्रम र बजेट थप हुनसक्ने बताउनुभयो । यही सम्मेलनबाट नेपाल आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको अध्यक्ष राष्ट्रको रुपमा रहने उहाँले बताउनुभयाे ।