
गृह मन्त्रालयले मित्रराष्ट्र सँगको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न आम नागरिकमा अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गरी मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उहाँहरूका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा नकारात्मक टिप्पणी तथा अभिव्यक्तिजस्ता गतिविधि रोक्न आग्रह गर्नुभयो ।
त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सूक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानुन बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको विज्ञप्तिमा उल्लेख छ ।