१९ कार्तिक २०८२, मंगलवार

डा बाबुराम भट्टराई अस्पताल भर्ना

Dr Baburam Bhattarai

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्। एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, भट्टराईको अवस्था अहिले सामान्य छ र, आजै डिस्चार्ज ‪गर्ने तयारी छ ।