१८ बैशाख २०८१, मंगलवार

हालसम्म ४९६ जना नेपाली अफगानिस्तान बाट नेपाल आइपुगे

Nepali KTM return

अफगानिस्तानबाट उद्धार गरिएका नेपाली स्वदेश फर्कने क्रम जारी छ ।

आज मात्रै अफगानिस्तानबाट थप ३५ जना नेपाली काठमाडौं आइपुगेका छन । यो संगै अफगानिस्तान बाट स्वदेश फर्कनेको संख्या ४ सय ९६ पुगेको छ ।

अफगानिस्तान तालिबानले नियन्त्रणमा लिएपछि सुरक्षा चुनौतिका कारण विभिन्न कामकालागि अफगानिस्तान पुगेका नेपाली स्वदेश फर्कने क्रम जारी छ ।

शनिवार विहान मात्रै ३५ जना नेपाली काठमाडौं आइपुगेका छन । जजीरा एरलाईन्सबाट ९ जना र टर्कीस एरलाईन्स बाट २६ गरि ३५ जना नेपाली स्वदेश फर्किएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।

यो संगै अफगानिस्तान बाट उद्धार भएर काठमाडौं आउने नेपालीको संख्या ४ सय ९६ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार भएर काठमाडौं आइपुगेका नागरिकलाई सरकारले सम्पूर्ण स्वास्थ्य मापदण्ड तथा प्रक्रिया पुरा गरेर होल्डिङ सेन्टरमा राखेको छ ।

२० वर्षपछि अफगानिस्तँन फेरि तालिवानको कब्जामा आएपछि पछ्रिल्ला दिनमा अफगानिस्तानमा रहेका नेपाली स्वदेश फिर्तीको पर्खाइमा रहेका छन ।

अफगानिस्तानमा रहेका नेपालीको उद्धार भैरहेको भएपनि अझै धेरै नेपाली स्वदेश फर्कन बाँकी छ ।

स्वदेश फर्कन वाँकीको समयमै स्वदेश फिर्ताका लागि सम्वन्धित निकाएको ध्यान जान आवश्यक छ ।