७ बैशाख २०८१, शुक्रबार

“बेटी पढाऊ, बेटी बचाउ” अभियान अन्तर्गत बेलवामा साइकल वितरण

cycle 1024x461 1

प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाऊ, बेटी बचाउ“ अभियान अन्तर्गत नेपाल राष्ट्रिय आधारभूत विद्यालय पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा बेलवामा अध्ययनरत कक्षा–८ का १६ जना छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

प्रदेश नं. २ मा शिक्षाको कमी रहेको र महिलालाई विभेद गरिएकोमा शिक्षाको मूलधारमा महिलालाई ल्याएर बराबरी हैसियत कायम गरी समाजमा सकारात्मक सन्देश दिन खोजिएको युवा नेता शिव कुमार साहले जनाएका छन् ।

आजका छोरी बेटी भोलिको आमा, बुहारी हुने भएकोले ती छोरीलाई सशक्त बनाउन कक्षा ८ का छोरीलाई साइकल प्रदान गरी उच्च शिक्षा प्रदान गर्नको लागि अग्रसर गर्न खोजिएको कार्यमा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीयको उत्साहजनक सहभागिता रहेको प्रदेश सदस्य दिपक यादवले बताए ।