१८ बैशाख २०८१, मंगलवार

माधव नेपाललाई ‘धोका’ दिएका नेताले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई दिए अल्टिमेटम

uml 1

कपा एमालेका १० नेताहरूले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने निर्णय निर्णय गरेका छन् ।

पार्टी विभाजनमा तटस्थ रहेका एमालेका १० नेताहरूले एकताको प्रयास जारी राख्ने निर्णय गरेका हुन् । शुक्रबार महाराजञ्जस्थित एक पार्टी प्यालेसमा बसेको नेताहरूको भेलाले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई दबाब दिने निर्णय गरेको हो ।

ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयन नगर्दा नै पार्टी फुटेको निष्कर्ष निकालेका उनीहरूले ओलीलाई सहमति कार्यान्वयन गर्न दबाब दिने र माधव नेपाललाई दल दर्ता गर्नबाट रोक्ने निर्णय निर्णय गरेका हुन् ।

सरकारले जारी गरेको अध्यादेशको विरोध गर्दै नेताहरूले नेपाललाई दल दर्ताको प्रक्रियाबाट फर्कन समेत आग्रह गरेका छन् ।

बैठकमा वागतमी प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित केन्द्रीय सदस्य र सांसद गरेर ५७ जनाको उपस्थिति थियो ।