
सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ ।
उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताका बाधक भनेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक बनाउने प्रयासमा वरिष्ठ नेता माधवकुमार नेपाल बाधक बनेको आरोपसहित अन्तरपार्टी निर्देशन जारी गर्नुभएको हो ।
नेता नेपालले पार्टी हितविरुद्ध गरेका काम रोक्ने प्रयास भए पनि सफल हुन नसकिएको ओलीले स्वीकार गर्नुभएको छ ।
पार्टी एकता बचाउन कार्यदलले काम गरेपछि माधवकुमार नेपालले सहमतिलाई अस्वीकार गरेको पनि ओलीले अन्तरपार्टी निर्देशनमा उल्लेख गर्नुभएको छ ।
ओलीले माधवुकमार नेपाल र समूहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै गरेको आरोप लगाउनुभएको छ । नेपालखनाल समूहलाई ओलीले गिरोह भन्नुभएको छ ।