१६ चैत्र २०८०, शुक्रबार

देशभर एकैदिन ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, थप ३५ को निधन

corona insurance

देशभर आज ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ९३ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज सङ्क्रमणबाट २ हजार ४ सय ५८ जना निको भएका छन् । हालसम्म ९३ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

सङ्क्रमणका कारण आज थप ३५ जनाको निधन भएको छ । नेपालमा हालसम्म सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या १० हजार ३ सय २७ पुगेको छ ।

हाल देशभर रहेका ३९ हजार ३ सय ७१ सक्रिय संक्रमित मध्ये ७ सय ९५ जनाको सघन उपचार कक्षमा र १ सय ९७ सङ्क्रमितको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।