
बीरगंजमा पोष्ट कोभिडको कारण एक महिलाको आज उपचारको क्रममा निधन भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीकी ६५ वर्षीया महिलाको पोष्ट कोभिडको कारण निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायण सिंहले जानकारी दिनुभयो ।
कोभिड सङ्क्रमणपछि निको भई घर फर्किएकी महिलालाई पुनः श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको र अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज मृत्यु भएको कोभिड संयोजक डा.सिंहले जानकारी दिनुभयो ।
नारायणी अस्पतालमा अहिले तीन जना कोरोना संक्रमित भर्ना भएको र उनीहरूको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।