९ असार २०८२, सोमबार

छिमेकीको कुटाइबाट एकको निधन

beating

ओखलढुंगामा छिमेकीको कुटाइबाट एक जनाको निधन भएको छ । सिद्धिचरण नगरपालिका ५ विप्लाटेमा दुई छिमेकी बीच एक आपसमा कुटाकुट हुँदा एक जनाको निधन भएको हो ।

अर्का एक गम्भीर घाइते भएका छन् ।नगरपालिका स्थित देउराली बस्ने वर्ष ६३ का आङगुम्बु शेर्पा र सोही ठाउँका वर्ष ४२ का पासाङ तेन्जी शेर्पा एकअर्कामा कुटाकुट गरेका थिए । दुवै जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल मिसन लगिएको थियो ।

उपचारकै क्रममा पासाङ तेन्जीको निधन भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइते आङगुम्बु शेर्पाको अवस्था गम्भीर छ । उनको मिसन अस्पतालमै उपचार भईरहेपनि थप उपचारका लागि बाहिर लानुपर्ने अवस्था रहेको छ ।

मङ्गलवार राती दुई छिमेकी बीच आपसमा विवाद भएको थियो । कुटाकुटबाट व्यक्तिको ज्यान नै गईसकेपनि झगडाको मूल कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।