
नेकपा एमालेको युवा नेता राजिब पहारीले नेपाली राजनीतिमा अहिले केपी ओली विरुद्द घेराबन्दी भएको र ओली विरुद्दको घेराबन्दी भनेको विकाश र निर्माणको घेराबन्दी भएको बताए।
राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी र जिल्ला अध्यक्षहरुको जारी बैठकमा विषेश बक्ताको रुपमा वोल्दै पहारीले ओली सरकारले ल्याएको खोप देउवा सरकारले पारदर्शी रुपमा खोप वितरण गर्न नसकेको आरोप लगाए। परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको रुपमा नेपाली जनताले लिने गरेको बताए।
उनले एमालेको कुर्चीमा बस्ने र पार्टी बाहिरको नेताको चाकडी गर्ने, पार्टी हित विपरित काम गर्ने खालका दुर्गन्धित खेल भएको र एमाले बलियो बनाउने भन्ने नाममा पार्टी कमजोर गर्ने गतिबिधि विरुद्द राष्ट्रिय युवा संघले पार्टी कार्यकर्ता माझ बहश चलाउनुपर्ने सुझाब दिए।

युवा संघको वर्तमान नेतृत्वको छोटो समयमा वृक्षारोपण जस्तो रचनात्मक काम, आदालतको असंवैधानिक कदमबिरुद्दको आन्दोलन, दश हजार युवा हरुको मार्चपास, बढी पीडितलाई राहत जस्तो कामले संघमा नेपाली युवाहरुको आकर्षण बढेको बताउदै कास्कीमा ६ वटा वडा बाट मात्र सयौ युवाहरु तरुणदल र वाइसियल बाट राष्ट्रिय युवा संघमा प्रवेश गरेको बताए।
वाईसीएलको ज्याजति र संबिधान कार्यन्यन गर्न मधेश जागरण अभियान संचालन गरेको राष्ट्रिय युवा संघ प्रति पार्टीले मात्र होइन शिंगो मुलुकले आश गरेको बताउदै भोलि पार्टी चलाउने पनि यिनै युवाहरुले भएको बताएका थिए।