१३ बैशाख २०८१, बिहीबार

निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई बुझायो ६ बुँदे मागपत्र

akash adhikari

प्राय जसो फिल्ममा प्रहरीको भुमिका देखिएको हुन्छ । यस्तो बेला फिल्ममा चाहिने प्रहरीको पोसाक देखि लिएर गाडी लगायतको सामाग्रीको आवश्यकता पर्छ ।

यसरी फिल्म छायांकनमा आवश्यक प्रप्स र उपकरण उपलब्ध गराइदिन माग राख्दै चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई ६ बुँदे मागपत्र बुझाएको छ ।

आज संघका अध्यक्ष आकाश अधिकारी सहित प्रहरी प्रधान कार्यलय पुगी प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई पत्र बुझाएको हो । संघले पत्र बुझाउँदै छायांकनलाई जरुरी हुने हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गरि दिन माग गरेको छ ।

निर्माता संघले बुझाएको पत्रमा प्रप्स र उपकरण उपलव्ध तीन दिनभित्र गराउन सकेको खण्डमा फिल्म छायांकनलाई सहज हुनुका साथै प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन भनिएको छ ।

त्यस्तै, प्रहरी भ्यान लिएबापत लाग्ने शुल्क घटाएर १० देखि १५ हजार कायम राख्नुपर्ने, प्रहरीकै निगरानीमा सक्कली हतियारबाट फिल्म छायांकन गर्दा वास्तविक लाग्ने र नक्कली हतियारको सहज रुपमा प्रयोग हुने वातावरण मिलाउन संघले माग राखेको छ ।
निर्माता संघले राखेको माग यस प्रकार छ ।

film1
film2