१८ बैशाख २०८१, मंगलवार

विद्युत प्राधिकरणका कार्यकारी दिर्नेशक शाक्यद्धारा राजीनामा दिन अस्वीकार

hitendra dev shakya nea

सरकारले पछिल्लो समय विद्युत आपुर्तिमा समस्या भएको भन्दै नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्रीको शेरबहादुर देउवाको निर्देशनपछि उर्जामन्त्री पम्फा भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन बताएकी छन् । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने राजीनामा नदिने भएका छन् ।

स्रोतका अनुसार शाक्यले तत्काल राजीनामा नदिने र सरकारले हटाए अदालतमा जाने बताएको हो । उनले आफू चार वर्षका लागि नियुक्त भएको भन्दै राजीनामा नदिन अडान लिएको स्रोतको भनाई छ ।

केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारबाट नियुक्ति पाएका शाक्यलाई कार्यसम्पादन राम्रो नभएको भन्दै कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिएको छ ।

साक्यले राजीनामा नदिए स्पष्टीकरणमार्फत् हटाउने तयारीमा ऊर्जामन्त्री भुसाल रहेको स्रोतको भनाई छ ।

    सम्बन्धित समाचार...