१२ बैशाख २०८१, बुधबार

घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रमको निर्देशन, एक/ दुई दिनमा प्रक्रिया थालिने

Kulman Ghising Nepal Electricity Authority MD
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ ।

उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, प्रधानमन्त्रीबाट निर्देशन भएको छ अब एक/ दुई दिनमा प्रक्रिया शुरू हुन्छ ।

विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आउनु भएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश हुनु भएको थियो । अघिल्ले सरकारले उहाँको स्थानमा हितेन्द्रदेब शाक्य नियुक्त हुनु भएको थियो ।