
सोमबार बेलुका त्रिभुवन विमानस्थल हुँदै पूर्वमिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् ।
अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न श्रृंखला अमेरिका गएकी हुन् ।
खतिवडाको विदाईको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए ।
सिसनले श्रृंखलालाई आंलिगन गर्दै शुभयात्रा भनेका हुन । न्यूयोर्कमा अवतरण भएपछि श्रृंखला त्यहाँ आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जज बनेर सहभागि हुनेछिन् ।
श्रृंखलालाई आयोजकले अतिथिको रुपमा बोलाएका छन् ।







