
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् ।
आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म राजधानीमा आयोजना हुने चौथो संस्करणको इपिएलमा काठमाडौं किंग्स इलावेनले सन्दीपलाई कप्तान नियुक्त गरेको हो ।
सन्दीपले तेस्रो संस्करणको इपिएल ललितपुर पेट्रियट्सबाट खेलेका थिए । काठमाडौं किंग्सबाट पाकिस्तानका पूर्वअलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ ।
सन्दीपले २०१८ मा ललितपुरबाट सुरुवाती दुई खेल खेलेका थिए । त्यसपछि उनी बिग बास लिग खेल्न अष्ट्रेलिया गएका थिए । त्यसपछि सन्दीपले नेपाली फ्रेञ्चाइज लिग खेलेका छैनन् ।
फागुनमा भएको काठमाडौं मेयर्स कपमा सन्दीपलले काठमाडौं मेयस–११ को कप्तानी गरेका थिए । सन्दीपले फ्रेञ्चाइज लिगमा दोस्रोपटक कप्तानी गर्न गर्न लागेका हुन् । यसअघि २०१८ मा पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए ।