२३ बैशाख २०८१, आईतवार

ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुन्छ, फलाना तिलाना त्यता लाग्नु भयो भन्दैमा पार्टी मिल्छ ?

jhakri
फाइल फोटो

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीको आत्मालोचना गरेकी छन् ।

शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताइन् । यस्तै, मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्‍याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने दाबी गरेकी छन् ।

नेतृ रामकुमारी झाँक्रीले एमालेमा दुईटा अध्यक्ष बनाउने प्रस्ताव माधव नेपाललाई ‘डिफेम’ गर्न ल्याइएको दाबी गरेकी छिन्। भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव ल्याएर माधव नेपाललाई पद लोलुप देखाउन खोजिएको बताइन्।

‘आज पनि एमाले हो हामी,’ उनले भनिन्, ‘तर, एमाले एकीकरणका लागि माफी मागेर आज भएको पदबाट ‘स्टेपडाउन’ गर्नुपर्छ । दुईटा अध्यक्षको प्रस्ताव माधव नेपाललाई डिफेम गर्नका लागि ल्याइएको हो, पदलोलुप देखाउनलाई ।’

कार्यदलमार्फत् एमाले मिलाउन लागेकाा आफ्नै समूहका नेताहरुप्रति पनि उनले कटाक्ष गरिन् । उनीहरू लाग्दैमा पार्टी नमिल्ने उनले दाबी गरिन् ।

‘आज वार्ता समितिमा रहेका साथीहरुले आज मिलाउने, भोलि मिलाउने, टुनाइट मिलाउने भन्दै हुनुहुन्छ,’ झाँक्रीको भनाइ छ, ‘१० बुँदे लगायतका थुप्रै प्रस्ताव हामीले मिडियामा देखिरहेका छौं । हामी पार्टी एकता त गरौंला । फलाना- तिलाना कमरेडहरु त्यता लाग्नुभयो अनि पार्टी एकता भन्ने कुरा त्यति सहज होला र ?’

केपी शर्मा ओलीले अध्यक्ष पद छाडेपछि मात्रै पार्टी एकता हुने उनको भनाइ छ। ‘पार्टी एकता हुन्छ, कहिले हुन्छ ?,’ उनको जवाफ छ, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ।’

उनले प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम मिलाएर कम्युनिष्ट आन्दोलन सुदृढीकरण नुहने समेत दाबी गरिन्। ‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ ?,’ उनको प्रश्न छ, ‘ चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’

उक्त कार्यक्रममा बोल्दै प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न समेत गरेकी छन् । ‘आफू पार्टी एकता विरोधी नभएको पनि बताएकी छन् । पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।

नेतृ झाँक्रीले यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने बताइन् ।