८ बैशाख २०८१, शनिबार

बाहिर नचल्ने पैसा भारतका जेल भित्र चल्छ

KH 04 12 ROCHAK JAIL PAISA PIC

आम दुनिँया भन्दा अत्यन्त फरक हुन्छ जेलको दुनिँया । जेल जीवनमा हरेक कदममा संघर्ष गर्नु पर्दछ । चार पर्खालभित्र कैद हुने यो कैद जीवनको नाम सुन्ने बित्तिकै सबै डराउने गर्दछन् । कैद जीवनमा बाहरी दुनिँयासंगको सम्पर्क टुट्छ । आफन्त र नातेदारसंग भेट हुन्न । आफुले चाहेको कुरा तत्काल किन्न, लगाउन, खान वा पुरा गर्न सकिँदैन ।

तर भारतका जेलमा भने कैदिबन्दीलाई किनमेलको छुट छ । यतिमात्र होइन यसकालागि उनीहरुलाई पैसा समेत दिइन्छ । तर त्यो पैसा गान्धीको तस्बिर भएको भारतीय रुपैया भने होइन ।

भारतका जेलमा चल्ने पैसा विशेष प्रकारको मुद्रा हुन्छ । यो बाहिर नचल्ने तर जेल भित्र मात्र चल्ने गर्दछ । तर यसलाई एक लिमिटसम्म मात्र राख्न पाइन्छ । पुराना फिल्मी टिकट जस्तो देखिने यि पैसा १, २, ५, १० र २० को हुने गर्दछ । जसलाई जेलभित्रको सरकारी क्यान्टिनमा खर्च गर्न पाइन्छ ।

यसको कारोबारबाट दिनहुँ उपयोग हुने साबुन, टूथपेस्ट, भित्रि कपडा लगायतका आवश्यक चिजको खरिद गर्न सकिन्छ । जेलमा यो रकमले अन्य धेरै कारोबार गर्न सक्छ । यसलाई जम्मा गर्दै र कमाएको रकमलाई जोहो गर्दै मेहनतको मुल्य बढाउन पनि पाइन्छ ।

कारागार जीवन सकिएपछि बाहिर निस्कने बेलामा यसलाई साटेर भारतीय रुपैया बनाउन समेत पाइन्छ ।