१८ बैशाख २०८१, मंगलवार

ठोकुवा दिएर भन्छु, राजतन्त्र फेरि फर्केर आउँदैनः माधव नेपाल

Madhav Nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने ठोकुवा गरेका छन ।

शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिएका हुन् । राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने पनि नेपालको भनाइ थियो ।

जनता नै सच्चा हिरो हुन् । उनीहरू नै परिवर्तनका संवाहक हुन् । राजतन्त्रलाई ढालेका छन् । राजतन्त्र फेरि फर्केर आउने छैन । फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिनेछन् ।

देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो । कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन, नेपालले भने ।