
कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ख्याल गर्दै होली (फागु) पर्वलाई विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकार आफैंले सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ भने खेल प्रतियोगिताहरु समेत रोकिएका छन् ।
सन्निकट होलीमा विगतमा जस्तै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरिरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नुरनगराउनुहुन आम दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अनुरोध छु, गृह मन्त्रालयका सह प्रवक्ता केदारनाथ शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।
देशको सीमा नाका र अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरुमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानी, अस्पतालको पूर्वतयारीलगायत यसको रोकथामका लागि गरिने विविध गतिविधिहरू नेपाल सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको विज्ञप्तिमा भनिएको छ।
उसले कोभिड-१९ का सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनैपनि प्रकारको हतार नगर्न, कहिँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न अपिल गरेको छ।
आम नागरिकको समन्वय, सहयोग, संलग्नतामा कोभिड(१९ को संक्रमणलाई नेपाल प्रवेशमा रोकथाम गर्न सकिन्छ र नेपाल सरकार यसको रोकथामका लागि हरेक उपायको अवलम्बन गर्न प्रतिबद्ध रहेको छु, विज्ञप्तिमा भनिएको छ।
