
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त अवस्थामा रहेको टिप्पणी गर्नु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले यस्तो टिप्पणी गर्नु भएको हो ।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएर ठूलो विजय प्राप्त गरेपनि चुनौती धेरै बाँकी रहेको भन्दै निक्कै बुद्धि पुर्याएर काम गर्नु पर्ने उहाँको भनाइ छ ।
संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे पनि कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको प्रचण्डले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका सबै सांसदले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताउनु भयो ।