६ चैत्र २०८०, मंगलवार

दुई हजार ३०९ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

60f7fc3acce91 fdrd

पछिल्लो २४ घण्टामा दुई हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६५२ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १९७ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६९५ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।