महेश बस्नेतको किसान श्रेष्ठप्रति तिखो टिप्पणी : हाम्रो सम्बन्ध श्रीमान– श्रीमतीको जस्तो होइन
फाइल फोटो
अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओली समुह त्यागेर माधव कुमार नेपाल समुहमा लागेका नेकपा एमालेका सांसद किसान श्रेष्ठप्रति पुर्वमन्त्री महेश बस्नेतले तिखो टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले श्रेष्ठसँगको सम्बन्ध राजनैतिक मात्र भएको बताएका छन्। ‘मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक स्म्बन्ध हो,’ उनले लेखेका छन्, ‘पौराणिक खालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन।’
सांसद बस्नेतले भएपछी नेकपा (माओवादी केन्द्र’ त्यागेर एमालेमा बसेका प्रभु साहसँग आफ्नो सम्बन्ध खराब नरहेको पनि स्पष्ट पारेका छन्। उनले साहको नेतृत्वमा गठन भएको आईटी आर्मी आपसी सल्लाह अनुसार नै भएको बताएका छन्।
‘आइटी आर्मी अनि साइबर सेना संगै मिलेर दुबै संगठन काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पड्दैछु।’ उनले लेखेका छन्।