१३ बैशाख २०८१, बिहीबार

श्रीमानका कारण तनावमा शिल्पा शेट्टी

hungama 2 release

लिउड अभिनेत्री शिल्पा शेट्टी अभिनित फिल्म ‘हंगामा २’को प्रदर्शन नरोकिने भएको छ । करिव १४ वर्षपछि ‘हंगामा २’ मार्फत फिल्म अभिनयमा फर्किएकी शिल्पाका श्रीमानका कारण प्रदर्शन रोकिन्छ की भन्ने हल्ला थियो तर अव नरोकिने भएको छ ।

फिल्मका निर्माता रतन जैनले फिल्मको रिलिज नरोकिने बताएका छन् । आगामी फिल्म २३ जुलाई अर्थात शुक्रबार डिज्नी प्लस र हटस्टारबाट रिलिज हुने फिल्मका बारेमा निर्माण पक्षले जानकारी दिदैँ शिल्पाको श्रीमानको घटनाले कुनै असर नपार्ने बताएका छन् । गत मंगलबार शिल्पामा श्रीमान् राज कुन्द्रा अश्लिल भिडियो निर्माणको आरोपमा पक्राउ परेका छन् ।

अहिले उनी हिरासतमा रहेका छन् । निर्माता जैनका अनुसार ‘राज कुन्द्राको केससँग ‘हंगामा २’ कुनै सम्बन्ध नरहेको र यसमा कुनै असर नपर्ने बताएका छन् । उनले शिल्पाको श्रीमानलाई आरोप लागेको हो, शिल्पालाई होइन भन्ने जवाफ दिएका छन् ।

उनले शिल्पाको बारेमा भनेका छन्,‘शिल्पाको नाम जबर्जस्त राज कुन्द्राको केसमा जोडिएको हो । उनको त्यसमा केही सम्बन्ध छैन । मैले एक राम्रो फिल्म बनाएको छु । मानिस फिल्म कन्ट्रोवर्सीका कारण होइन कन्टेन्टका कारण हेर्नेछन् ।’ फिल्म हंगामामा अफताव शिवदासनी, अक्षय खन्ना र रिमी सेनको मुख्य भूमिका रहेको थियो भन ‘हंगामा २’ मा शिल्पा शेट्टी, परेश रावल, मिजान जाफरी र प्रनिता सुभाषको मुख्य भूमिका रहेको छ । साथै यस फिल्ममा आशुतोष राणा, राजपाल यादव र जोनी लिवरको समेत अभिनय रहेको छ ।