१८ बैशाख २०८१, मंगलवार

भरतपुरमा एक पुरुषको शव फेला, शव नजिक गोलीको खोका भेटियो

death

चितवनमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलटाडा नजिक पुलमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

घटना स्थलमा गोलीको खोका भेटिएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।