
जनकपुरधाममा विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
बुधबार स्थानीय रेल्वे स्टेशनबाट निस्केको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । प्रधानमन्त्रीसंयुक्त विद्यार्थी संगठनको अगुवाइमा निस्केको विरोध र्यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी गरिएको थियो । संगठनको पूर्वनिर्धारित कार्यक्रमअनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच प्रदर्शनका गरिएको हो । रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन गरिएको थियो । संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायत संगठन आबद्ध छन् ।
यता, संयुक्त विद्यार्थी संगठनले घोषाणा गरेको विरोध प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दिएका ओली निकटका राष्ट्रिय युवा संघको कार्यकर्ताहरुको आजको विरोध प्रदर्शनमा उपस्थिती देखिएन् ।प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समूहका राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ताहरुले विरोध प्रदर्शनको प्रतिकार गर्ने यसअघि नै चेतावनी दिएका थिए । ओलीको कदमविरुद्ध उनीहरुले विरोध प्रदर्शन समेत गरेका छन् ।