१३ बैशाख २०८१, बिहीबार

पूर्व माओवादीका चारसहित एमाले स्थायी कमिटीमा ८ सदस्य थप

60dc2c3aaaeef uml centeral

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका चार नेतासहित ८ जनालाई स्थायी कमिटीमा मनोनीत गरेको हो। बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको छ। यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा मनोनयन हुनुभएकाे हाे । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा समेटिएको छ ।

बेदुराम भुसालले केहीदिन अघि मात्रै स्वतन्त्र संसदको हैसियत माग्दै संसद् सचिवालयमा पत्र लेख्नुभएकाे थियाे । भुषाल राष्ट्रियसभा सदस्य हुनुहुन्छ। एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्युँताएको छ। केन्द्रीय कमिटीको बैठक यही असार १८ गतेका लागि बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभएकाे छ ।