१८ बैशाख २०८१, मंगलवार

कोरियामा २ हजार बढीमा कोरोना संक्रमण, नेपाल आउन चाहेकाको बुकिङ पनि रद्द

korea corona

चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया बढी प्रभावित भएको छ । कोरियाको स्वास्थ मन्त्रालयको सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार शुक्रबार बिहान सम्ममा २ हजार २२ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै १३ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको जस्तै लक्षण देखा परेका शंकास्पद २५ हजार ५ सय ६८ जनाको विशेष निगरानीमा परीक्षण तथा उपचार हुँदैछ ।

संक्रमित मध्ये ८० प्रतिशत थेगु आसपासका मानिसहरु रहेका छन् । संक्रमणले उग्ररुप लिन थालेपछि कोरियाकोसरुवा रोग नियन्त्रण विभागले हाइअलर्ट जारी गरेको छ । कोरियाली नागरिकलाई ४३ देशले तत्कालका लागि आफ्नो देशमा भम्रणको लागि रोक लगाएका छन् ।

त्यसैकारण नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्त थालेका छन् ।

कोरिया, जापानलगायत मुलुकका पर्यटकको बुकिङ पनि रद्द भइरहेको पर्यटन व्यवसायीले बताउँछन् । फेब्रअरीदेखि सुरु हुने पर्यटकीय सिजनमा यो बेला चिनियाँसँगै, जापान, कोरियासहित युरोपियन मुलुकबाट पनि पर्यटक आउने गर्छन् ।