२० बैशाख २०८१, बिहीबार

आजबाट काठमाडौंमा पठाओ र टुटल सेवा पनि सञ्चालनमा

pathao and tootle

आजदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो । टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।

काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको छ । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् ।