
नवलपुरमा ४ दिन निषेधाज्ञा थप गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नवलपुरमा ४ दिन निषेधाज्ञा थप गरिएको जानकारी दिइन् ।
चार दिन भित्र नवलपुरका व्यापारीहरुले व्यापारीहरुको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गर्ने, पसल अगाडि सामाजिक दुरी कायम राख्ने गरी गोलो घेरा लगाउन लगायतका पूर्व तयारी सकेर ४ दिन पछि मात्र पसलहरु खोल्न दिइने भएको छ । तथापि व्यापारीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ सोचेभन्दा बढी देखिए पसल खुल्ने सम्भावना भने कम रहने छ ।